×

वीरगञ्ज २८ असार । बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पीडामा परेको एक परिवारलाई आइतवार आर्थिक सहयोग गर्नु भएको छ ।

बहुदरमाई नगरपालिका वडा नं ९ निवासी किशोरी राउत कुर्मीलाई पचास हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको हो ।

कोरोनाको बिश्वब्यापी महामारीका वीचमा बिदेश रोजगारीकालागि गएको छोरा दुर्घटनामा परि निधन भएको पीडात थियो नै । लकडाउनका कारण शव नेपाल ल्याउन सक्ने अवस्थामा पनि रहेन । दुर्घटनामा निधन भएका छोराको शव निधन भएको २० दिन पछि नेपाल आइपुग्यो ।

उहाँका पुत्र बैदेशीक रोजगारीमा २ वर्ष अघि कतार जानुभएको थियो । पुत्र बियोगको यो पीडामा रहनु भएका कुर्मीलाई क्रिया खर्च समेत नभएको अवस्थामा नगरपालिकाको तर्फबाट नगरप्रमुख साहले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।

लकडाउन खुकुलो भएपछि १२ दिन अगाडि मात्र कुर्मीका छोराको शव नेपाल ल्याउन सकिएको थियो । बहुदरमाई नगरपालिकाले दुर्घटना वा अन्य आकस्मिक रुपमा आफना नागरिकको निधन हुदा क्रिया खर्चलाई सहयोग पुगोस भन्नाकालागि पचास हजार रुपैया सहयोग गर्ने नीति नगरपालिकाले लिएको प्रमुख साहले बताउनु भयो । कुर्मी आर्थिक रुपमा पनि गरिब परिवारको हुनुहुन्छ ।

Back to top