वीरगञ्जलाई व्यवस्थित बनाउँन महानगरसँग मिलेर शुभ श्री जगदम्बा सिमेन्टले दियो १८० थान सडक डिभाइडर

568


वीरगञ्ज २७ असार । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा कंक्रीट प्रालि तथा जगदम्बा एस एस पाइप प्रालिले जिल्ला ट्राफिक कार्यालय पर्सालाई ८० थान सडक डिभाइडर हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अनतर्गत सञ्चालित स्वच्छ एवम् व्यवस्थित वीरगञ्ज अभियानमा सहयोग पु¥याउने उद्द्येश्यले वीरगञ्ज महानगरपालिका कार्यालयको सहकार्यमा सडक डिभाइडर हस्तान्तरण गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि, जगदम्बा कंक्रीट प्रालि र जगदम्बा एस एस पाइप प्रालिले वीरगञ्ज महानगरपालिकासँग मिलेर जिल्ला ट्राफिक कार्यालय पर्सालाई १ सय ६० थान सडक डिभाइडर हस्तान्तरण गरेको शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिका कार्यकारी निर्देशक राजेश अग्रवालले बताए । ८० थान सडक डिभाइडर वीरगञ्ज महानगरपालिकाले हस्तान्तरण गरेको छ ।



अग्रवालले वीरगञ्जलाई थप सुरक्षित र व्यवस्थित बनाउँन आफुहरुले सहयोग स्वारुप डिभाइडर उपलब्ध गराएको बताए । उनले आगामी दिनहरुमा पनि आवश्यकता परे थप सुरक्षालगायत सामग्रीहरु सहयोग गर्न आफुहरु पछी नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक कमलराज पण्डितलाई रोड डिभाईडर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त, ग्रिन सिटि सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतना खेतान लगायतको सहभागिता रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here