×

वीरगन्ज २७ असार । विश्व जनसंख्या दिवसको अवसरमा सुरजी देवी माध्यमिक विद्यालय वीरगञ्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको व्यवस्थापन समिति अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा उक्त विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेकपा पर्साका नेता शम्भु गुप्ताले वृक्षारोपण गरी उदघाटन गरेका थिए । वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं १२ का वार्ड अध्यक्ष रामदरस कुशवाहा , विद्यालयका प्रधानाध्यापक नवीन मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

उक्त वृक्षारोपण कार्यक्रममा विद्यालय प्राङ्गण मै विभिन्न जातको बिरुवा र फूलहरूको बोट रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय गुप्ताले बताउनु भयो ।

Back to top