प्रदेश २ का आठ वटै जिल्लामा बाढी र डुबान हुने खतरा, सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन

613

वीरगन्ज २७ असार । मनसुन सक्रिय भएर बाढी र डुबानको जोखिम बढेपछि प्रदेश २ का जिल्लाहरुमा सतर्कताका उपाय अपनाइएको छ ।

उद्धारका लागि हेलिकप्टर स्ट्याण्डबाई राखिएको छ भने आवश्यक उपकरणहरुको पनि जोहो गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

यस वर्ष डुबान हुने क्षेत्रको नक्सांकन गर्नुका साथै स्थानीय तह, विपद्मा काम गर्ने संघ–संस्था र सरकारी निकायको स्रोत नक्सांकन पनि गरिसकिएको प्रदेश २ सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । उनले प्रभावित घर परिवारलाई उद्धार गरेर राख्नुपर्ने ठाउँहरुको पनि पहिचान गरिसकिएको बताए ।



प्रदेश २ सरकारले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेट, ड्रोन क्यामेरासहितका उपकरण उपलब्ध गराएको छ । यस्तै, संघीय सरकार र नेपाली सेनाको समन्वयमा प्रदेश २ कै लागि एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको मन्त्री यादवले जानकारी दिए ।

प्रदेश २ का आठ वटै जिल्लामा बाढी आएर डुबान हुने खतरा छ । लगातारको वर्षाले सप्तरीदेखि पर्सासम्मका बिभिन्न खोला, नदीको सतह बढ्दै गएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here