×

वीरगञ्ज २५ असार । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले पिसिआर परीक्ष्Fणको लागि शुल्क लिएर परीक्षण गर्न नारायणी अस्पताललाई निर्देशन दिएको छ।

केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको उपस्थितिमा असार २४ गते बसेको बैठकले सातवटै प्रदेशका एक/एक अस्पताललाई शुल्क लिएर पिसिआर परीक्षण गर्न निर्देशन गरेको जनाएका छन्।

प्रदेश नं २ मा नारायणी अस्पताललाई यसको जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको निर्देशिकाबाहेक आममानिसले पिसिआर परीक्षण गराउन चाहेमा नारायणी अस्पतालमा प्रतिव्यक्ति रु ५ हजार ५ सय शुल्क तिरेर परीक्ष्Fण गर्न पाउनेछन्।

स्वास्थ्य निर्देशिकामा क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकको पिसिआर परीक्षणमा भने शुल्क नलाग्ने व्यवस्था गरिएको छ। यीबाहेक अब सर्वसाधारणले पिसिआर परीक्षण गर्न चाहेमा शुल्क तिरेर नारायणी अस्पतालबाट परीक्षण गराउन सक्नेछ।

Back to top