अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी

4350

जनकपुरधाम २५ असार । प्रदेश २ सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा जीवनजल पाउँन नसक्दा राजु सदाको मृत्यु भयो। अहिलेसम्म प्रदेश सरकार वा प्रदेशसभाले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

सोही प्रदेशका मुख्यमन्त्रीले एक आर्थिक वर्षमा कतिको पानी पिउँछन् होला?

प्रदेश २ सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका लागि १३ लाख २० हजार रकम खाने पानीका लागि छुट्याइएको छ ।



मुख्यमन्त्री कार्यालयमा जारको पिउने पानीका लागि ८ लाख ४० हजार र मिनिरल वाटरका लागि ४ लाख ८० हजार रकम छुट्याइएको छ ।

यसैगरी, मुख्यमन्त्री कार्यालयमा जडान भइसकेको टेलिफोन सेवा पुनः जडानका लागि १ लाख २० हजार, जडान भइसकेको इन्टरनेट सेवा पुनः जडानका लागि ५० हजार, विस्थापित भइसकेको फ्क्याक्स सेवा जडानका लागि ५० हजार र टेलिफोन महसुलका लागि १ लाख ८० हजार छुट्याइएको छ ।

गुगल र याहुलगायतको वेवसाइटले निःशुल्क उपलब्ध गराउने इमेल सेवाका लागि मुख्यमन्त्री कार्यालयमा २ लाख ४४ हजार छुट्याइएको छ । जसमा इन्टरनेट र वेबसाइट महसुल पनि जोडिएको छ ।

यसैगरी, कर्मचारीको सुविधाको सञ्चार खर्च र हुलाक तथा कुरियर खर्चका लागि ३ लाख २४ हजार रकम छुट्याइएको छ ।

हुलाकी न्युज डटकमबाट साभार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here