×

वीरगञ्ज २४ असार । बर्तमान सरकार तथा प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा बुधवार वीरगञ्जमा बृहत मोटरसाईकल जुलुश निकालिएको छ ।

स्वतन्त्र युवा समाज वीरगञ्ज पर्साले स्थानीय युवा हनिफ मियाको नेतृत्वमा जुलुश निकालेको हो । वीरगञ्जको घण्टाघरबाट शुरु भएको मोटरसाईकल जुलुशमा सहभागि स्वतन्त्र युवाहरुले स्थित सरकार जिन्दावाद, के पी ओली जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, लगायतका नारा लगाएका थिए ।

जुलश माईस्थान, आदर्शनगर, अलखियामठ, मकालु चौक लगायत विभिन्न नगर परिक्रमा गरेर पुन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई रवी गुप्ता, अकलेश साह, सगिर अहमद, हनिफ मिया लगायतका युवाहरुले सम्बोधन गर्दै बर्तमान सरकारको निरन्तरता दिनुपर्ने भन्दै प्रधानमन्त्रि केपी शर्मा ओलीको बिकल्प नभएको बताएका थिए । साथै बर्तमान परिवेशमा फैलिएको महामारीको समयमा प्रधानमन्त्रि फेरबदल गरेर बल्ल तल्ल बनेको सरकार नबिगार्न पनि विरोधीहरुलाई आग्रह गरेका थिए ।

जुलुशमा युवाहरु महमद निजामुद्धिन, ईम्रान हुसेन, राजकिशोर गुप्ता, शंकर महतो, विकास रौनियार लगायत ५ सय भन्दा धेरैको सहभागिता रहेको थियो ।

Back to top