×

वीरगञ्ज २४ असार । सुनको मूल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला आज ६ सय रूपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९० हजार ४६० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर ९५५ रुपैयाँमा कारोबार भएको छ ।

Back to top