×

वीरगञ्ज २३ असार । वीरगञ्ज महानगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा वाटर फिल्टरसहितको खानेपानी ट्यांकी जडान गरिने भएको छ।

जस अनुसार महानगरपालिकामा रहेका ५५ वटा सामुदायिक विद्यालयहरुमा मंगलबार वाटर फिल्टरसहितको खानेपानी ट्यांकी जडान गरिएको छ ।

विद्यालयहरुमा वाटर फिल्टर जडान गर्ने कार्यको मंगलबार महानगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।

अहिले ५५ वटा विद्यालयहरुमा वाटर फिल्टरसहितको खानेपानी ट्यांकी जडान गरि आजदेखि सञ्चालनमा समेत ल्याइएको सरावगीले बताए ।

उनले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शुद्ध स्वच्छ खानेपानी मिलोस् भन्ने उदेश्यले महानरपालिकाले वाटर फिल्टरसहितको अत्याधुनिक खानेपानी ट्यांकी जडान गरि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

अहिले ५५ वटा विद्यालयमा खानेपानी ट्यांकी जडान गरिएको तथा बाँकी रहेका विद्यालयमा पनि दुई महिना भित्रै खानेपानी ट्यांकी जडान गरि सक्ने सरावगीले बताए ।

Back to top