सरिता गिरीलाई सा‌ंसदबाट बर्खास्त गर्ने समाजवादीको तयारी

57

वीरगञ्ज २३ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।

गिरीमाथि कारवाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ ।

नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।



पार्टीले मागेको स्पष्टीकरणको चित्तवुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गर्ने निर्णय गर्न बैठक बसिरहेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले उनलाई कारवाही गर्ने कि नगर्ने भन्ने अनितम निर्णय लिदैछ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।

गत ३१ जेठमा निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा मत नहाली संशोधनविरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले गिरीसँग स्पष्टीकरण सोधेको हो ।

यसअघि संशोधन प्रस्तावविरुद्ध संशोधन दर्ता गराएपछि पार्टीको संसदीय दलले फिर्ता लिन निर्देशन दिँदै कारबाहीको चेतावनी दिएको थियो ।

समाजवादीको ८ असारमा बसेको पदाधिकारी बैठकले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here