×

वीरगञ्ज - विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण फैलिनबाट सुरक्षित रहनका लागि सरकारले गरेको लकडाउनबाट शिक्षा, स्वास्थ्य, रोजगार लगायतका सम्पुर्ण क्षेत्रहरु प्रभावित भएसँगै सरकारले लकडाउन खुकुलो बनाउँदै गएको छ ।

सरकारले विस्तारै स्वास्थ्य साबधानी अपनाएर सामान्य क्रियाकलापहरु सञ्चालन गरेर मानिसको दैनिकी गुजार्नका लागि लकडाउन खुकुलो बनाएपनि मानिसहरुले लापरवाही गरीरहेको पाइएको छ । वैश्विक महामारीको समयमा लापरवाही गर्दा अँझै जोखिम बढ्न सक्ने सम्भावना हुने भन्दै प्रहरी प्रशासनले कडाई गर्ने अभियान थालेको छ ।

जसअन्र्तगत विभिन्न क्षेत्रमा मास्क नलगाएर आवतजावत गर्ने तथा भिडभाड गरेर सामाजिक दुरीको अवज्ञा गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पनि कारवाही गर्ने अभियान शुरु गरेको हो । सोही अभियानअन्र्तगत वीरगञ्जमा मास्क नलगाएका सर्वसाधारण, पसल सञ्चालक, ग्राहक, मोटरसाईकल तथा साईकलमा सवार गरीरहेका १ सय ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जको घंटाघर, माईस्थान, आदर्शनगर लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १ सय जनामध्ये ९३ जनालाई संक्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत् १ सय रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रहरी प्रबक्ता मनोजिक कुँवरले जानकारी दिनुभयो । १४ जना भने अति विपन्न परिवारका भएको हुँदा जरीवाना समेत तिर्न नसक्ने भएकोले सम्झाई बुझाई गरेर छाडिएको कुवँरले बताउनुभयो ।

Back to top