×

काठमाडौं २२ असार । नेपालको आन्तरिक राजनीतिमा चीनले सक्रियता बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएर फुटको सम्भावना बढेपछि चिनियाँ राजदुत हाउ यान्छीले सक्रियता बढाएकी छिन् । उनी नेकपाका शिर्ष नेताहरुको निवास पुगेर भेट्न थालेकी छिन् । यान्छीले हिजो नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी छिन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटिसकेको बुझिएको छ । ओलीसँगको भेटपछि यान्छीले ओलीविरोधी नेताहरुलाई भेट्न थालेकी हुन् । हिजो नेपालसँग भेटवार्ता गरेकी उनले आज नेकपा अध्यक्ष प्रचण्डसँग भेट्ने तय भएको छ । नेपालसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको छ । नेपालनिकट स्रोतका अनुसार यान्छीले सहमति गरेर जान भनेकी छिन् ।

यसअघि यान्छीले ओलीको सत्ता डगमगाउँदा यस्तै भेट गरेकी थिइन् । उनले प्रचण्डसँग भेटेको खुलासा भएको थियो । यान्छीकै सक्रियतामा ओली सरकार जोगिएको विषय चर्चामा आएको थियो । यसपटक पनि उनको सक्रियतालाई नेकपालाई फुटबाट जोगाउने प्रयासका रुपमा लिइएको छ । पछिल्लो समय चीनको एकमात्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको मित्रता निकै बढेको छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण समेत हुनेगरेको छ ।

Back to top