×

वीरगञ्ज २० असार । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफनो सेवा सुबिधाको रकम बाट वीरगञ्ज-रक्सौललाई जोड्ने मितेरी पुल मर्मत गराएका छन् ।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादवले सांसद् वापत पाउँने तलब भत्ताको रकम प्रयोग गरि सिमावर्ती भारतीय शहर रक्शौललाई जोड्ने वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मत सम्भार गराएका हुन् ।

सांसद् यादवले भारत तथा तेस्रो मुलुकबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाकाको रुपमा प्रयोग हुने र नेपालको मुख्य प्रवेशद्वारा समेत मानिने वीरगञ्ज-रक्सौल नाकाको मितेरी पूल जिर्ण हुँदा यात्रु र मालवाहक गाडीलाई सास्ती खेप्नु परेको थियो ।

यादवले जिर्ण हुँदै गएको पूलको मर्मत सम्भार गर्न स्थानीय सरकार अग्रसर नदेखिएपछी आफुले त्यसको जिम्मेवारी उठाउँनु परेको बताए । उनले जर्जरमा परेको खाल्डोले कुनै समय पनि मानवीय क्षति हुने खालको दुर्घटना हुने सम्भावना रहेकोले पूल मार्फतका लागि आफुले कदम उठाएको बताए ।

सांसद् यादवले देशलाई सबै भन्दा बढी कर तिर्न भन्सार नाकाको अवस्थाबारे सरकारले देखाएको उदासिनताका कारण आफु दु:खि भएको बताउँदै संसद्बाट यस समस्याका बारे आवाज उठाउँने समेत जानकारी दिए । नेपाल तथा भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितीमा मर्मत सम्भारको कामहरु गराइएको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जनाए ।

Back to top