×

वीरगञ्ज २० असार । बाराको फेटा गाउँपालिकामा चट्याङ् लागेर मृत्यु भएका महिलाहरुको परिवारसँग प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्रि जितेन्द्र सोनलले भेटघाट गरेका छन् ।

बिहिबार अचानक हावाहुरीका साथ् आएको वर्षामा गाउँपालिकाको वडा नं. २ मा आफ्नो खेतमा रोपाई गरिरहेका दुई महिलाहरुको चट्याङ लागेर मृत्यु भएको थियो । मृत्यु हुनासाथ मन्त्रि सोनलले तत्काल राहत स्वरूप प्रदेश सरकार मार्फत दुवैका परिवारलाई जनही १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्रि सोनल शनिबार एकै बिहानी मृतकहरुको परिवारलाई भेट्न घरिमै पुगेका थिए । उनले मृतकहरुको परिवारलाई भेटेर साहानुभुती प्रकट गर्दै सरकारबाट थप सहयोग उपलब्ध गराउँन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

भेटघाट पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रि सोनलले प्राकृतिक प्रकोपका कारण तराई-मधेस क्षेत्रमा हुने घटना प्रति प्रदेश सरकार गम्भीर भएको बताए । उनले यस्ता घटनामा परेर ज्यान गुमाउने र घाइतेहुनेहरुका लागि प्रदेश सरकारले विशेष प्याकेज समेत ल्याउँने योजना बनाएको समेत जनाएका थिए ।

Back to top