×

बीरगंज २० असार । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले सिमा क्षेत्र सिल गरेको भए पनि वीरगंज भन्सारको मुख्य सडकबाट दिउसै तस्करी भईरहेको पर्दाफास भएको छ ।

पर्सा प्रहरीले दिएको तस्करीको लाईनमा प्रदेश प्रहरीको टोलीले पानी फेरिदिएका छन । कोरोना महामारीले देश लकडाउनमा छ सम्पुर्ण सिमा सिल भएको अवस्थामा पनि वीरगंज भन्सारको मुख्य बाटो बाट दिउसै तस्करीको मालसमान पक्राउ पर्नु स्थानिय प्रहरीको कार्यशैली प्रती प्रश्न खडा भएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रदेश प्रहरीको टोलीले शुक्रबार बिहान ८ देखी १२ बजेको बिचमा वीरगंज महानगरपालिका वडा नं १६ वीरगंज भन्सारको मुख्य गेट नजिकबाट रक्सौलबाट तस्करीगरी ल्याईरहेको केमिकल, हार्डवेयर र कपडा सहित दुईटा मोटरसाईकल र ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरीको टोलीले अवैध तरिकाले भारतबाट भित्रियाईएको तस्करीका ’बारलेस मोटर बेण्डिङ गर्ने केमिकल’ दुई बोरा, दुईटा साईकल र दुईजना केमिकल बोक्नेलाई पक्राउ गरेको छ भने, सिमावर्ती सहर रक्सौलबाट वीरगंज भन्सारको मुख्य सडक हुदै आईरहेको मोटरसाईकलबाट दुई लाख भन्दा बढिको गाडीको पार्टपुर्जा हार्डवेयर सहित एउटा मोटरसाईकल र एकजनालाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रदेशको टोलीले रक्सौलबाट वीरगंज तर्फ आईरहेको वीआर ०५१-७५६९ नम्बरको मोटरसाईकलबाट एक लाख भन्दा बढिको दुई बोरा कपडा एउटा मोटरसाईकल सहित भन्सार क्षेत्रबाट एकजनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको टोलीले शुक्रबार नियन्त्रणमा लिएको तस्करीको माल समान आवश्यक कार्यवाहीका लागी मोटरसाईकल सहित चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

विगत केहि दिन देखी विभिन्न संचार माध्यममा लकडाउनमा सिमा नाकाबाट तस्करी बढेको सामाचार आएपछि प्रदेश प्रहरी एकसनमा आएको हो । सिमा सिल भएको बेला पनि तस्करी सुचारु रहेको पर्सा जिल्लामा अरु बेला कस्तो खाले तस्करी भईरहेको होला सहज अनुमान गर्न सकिन्छ ।

शुक्रबार पक्राउ परेको तस्करीका केमिकल, कपडा र हार्डवेयरको लाईन सिमा प्रहरी चौकी ईनर्वा, वडा प्रहरी कार्यालय विर्ता, जिल्ला प्रहरी कार्यालयबाट नगरभित्र खटने टाईगर टोली र पर्सा क्राईम ब्रान्चले महिनावारी बुझेर दिएको एक तस्करले बताए । ति तस्करका अनुसार जिल्लाबाट खटने टाईगर टोली, क्राईम ब्रान्च, र सम्बन्धित सिमा चौकीलाई नमिलाई तस्करी सम्भव नरहेको बताए ।

तस्करहरुले सिमा प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायब निरिक्षक बैद्यनाथ दास, विर्ता वडा प्रहरी कार्यालयबाट खटने टाईगर टोलीका प्रहरी हवल्दार रामबाबु यादव, जिल्लाबाट खटने टाईगर टोलीका ईन्चार्ज हवल्दार हरेराम पटेल, पर्सा क्राईम ब्रान्चका प्रहरी निरिक्षक रवि भुषण यादवलाई लाखौको महिनावारी बुझाएको श्रोतको दावी छ । साभार themadheshtimes.com बाट

Back to top