×

वीरगञ्ज १९ असार । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसकाे पाइप लिक भएर आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

स्थानिय गनेश साह कानुकाे घरमा ग्यास लिक भएर भएकाे आगलगागीमा ७५ वर्षीया शारदा देवी कुशवाहाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

आगलमीमा गनेशका छाेरा २२ बर्षिय उमेश साह र बुहारी २० बर्षिय मनिता देवी घाइते समेत भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

बुधवार राति खाना पकाउने क्रममा ग्याँसकाे पाइप लिक भएर गनेशकाे पक्की घरमा आगलागी भएको थियाे । खाना पकाउने ठाउँमा राखिएकाे पेट्राेलमा आगाे सल्केर भएकाे आगलागीमा परी तीन जना घाइते भएका थिए । घाइते मध्येका शारदाकाे उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको हो ।

बृद्ध मृतक शारदा गनेशकाे घरमा गएकाे बेला आगलागी हुदा भाग्न नसकेर गम्भिर घाइते भएकी थिइन । अन्य घाइते कपडा खाेलेर भागन सफल भएपछि उनीहरु ज्यान बचाउन सफल भएकाे स्थानियहरुले वताएका छन् ।

मृतक शारदाकाे वीरगञ्जस्थित नारायणी अस्पतालममा शव परिक्षण भएपछि बिहिबार सांझ नै दाहसंस्कार गरिएकाे हाे ।

घाइतेहरूको सीमावर्ती भारतको इनर्वास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

आगलागीमा परी लत्ताकपडा, फर्निचर, अन्न गरी दुई लाख रुपैयाँभन्दा बढीको धनमाल पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी गराए। कालिकाटाइम्सबाट ।

Back to top