×

वीरगञ्ज १९ असार । नेपाली कांग्रेस पर्साका नेता एवम् पुर्व मन्त्रि सुरेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।

नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकको एउटा पोस्टमा प्रतिक्रिया लेख्दै हालको अवस्थामा प्रधानमन्त्री ओलीको विकल्प नरहेको बताएका छन् । पर्साका स्थानीय सञ्चारकर्मी राकेश कुमार साहले फेसबुकमा राखेको एउटा पोस्टमा कमेन्ट गर्दै नेता चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेकपाभित्र ओलीका विरोध गर्नेहरु भारतमा सञ्चालित भएको आरोप समेत लगाएका छन् । सञ्चारकर्मी साहको पोस्टमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, 'अहिले नेकपाभित्र ओलीको विकल्प छैन्। नेकपाभित्र ओलीको बिरोध गर्नेहरू भारतबाट संचालित छन्।'

त्यसैगरि चौधरीले चिनका कारण नेपाल भारतमा विलय हुनबाट जोगिएको बताएका छन् । उनले चिनले महत्वपूर्ण भूमिका नखेलेको भए आज नेपाल पनि कास्मिर र हैदराबाद जस्तै भारतमा समाहित भइसकेको बताएका छन् ।

'चीन नभएकोभए नेपालका राजा त्रिभूवनको बेलामा नै जम्मू -कश्मिर र सिक्किम जस्तो भइसकेको हुन्थ्यो । वल्लभ भाई पटेलले जम्मू-कश्मिरको राजा हरि सिंह र हैदराबादको निजाम जस्तै तपाईँ पनि भारतमा मिल्नुस भनेको थियो । त्रिभूवनलाई चीनले भन्यो अनि राजनीतिक समिकरण आर्कै बन्यो । त्यसकारण नेपाल बफर स्टेटको दर्जा पायो । चीन, भारत र अमेरिकाको भूराजनीतिक महत्व छ । कुरा आर्थिक होईन्,' राकेश साहको पोस्टमा उनले प्रतिक्रिया दिएका छन् ।

https://www.facebook.com/rakesh.pammy.7/posts/1757079577763437

Back to top