×

वीरगञ्ज १८ असार । वीरगञ्जस्थित १४ स्थित गुरुकुल एकेडेमीका प्रिन्सिपल सुनिल देवकोटाले राजीनामा दिएका छन् ।

विद्यालयको फेसबुक पेजमा देवकोटाले आजबाट राजीनाम दिएको जानकारी दिएका हुन् । विद्यालयका संचालकले महामारीको बेलामा पनि न्युनतम मानवीय समवेदना समेत नदेखाएको भन्दै उनले राजीनामा दिएको बताए ।

उनले भने “धेरै विद्यार्थीहरुले चैत्रसम्मको “फी“ तिरिसकेको अवस्थामा पनि हाम्रो स्कुलले फाल्गुन महिनाको पनि पुरै तलब टिचरहरुलाई दिएको छैन ।” शिक्षक तथा कर्मचारी पुरै विद्यालयमा निर्भर रहने भन्दै उनले भने “ यो महामारीमा संचालकले कम भन्दा कम मानवीय समवेदना पनि देखाउन सकेनन् ।”

शिक्षक/कर्मचारी सबैले तलबका लागि आफुलाई बारम्बार ताकेत गरेकोमा पहल गर्दा संचालक रामबाबु साहले कुनै वास्ता नगरेको उनले बताए ।

“यो परिस्थीतीमा आउँदा दिनमा स्कुल संचालन गर्न निकै गाह्रो हुने भएकोले स्कुल छोड्ने निर्णय गरेको छु” प्रिन्सिपल देवकोटाले भने ।

तर स्कुलका संचालक रामबाबु साहले प्रिन्सिपलले भने जस्तो केहि कुरा नभएको दावी गर्नु भएको छ । साहले विदामा रहेका कर्मचारी तथा छुटीमा घर गएका केहि शिक्षकहरुको तलब मात्र दिन बाकी रहेको वताउनु भयो ।

उनले प्रिन्सिपलले अर्कै कारणले त्यसतो लेखेको हुन सक्ने बताउनु भयो । राजिनामा स्कुलको फेसबुक पेजमा दिनु पर्ने कुरा नरहेको बताउदै वहाँले प्रिन्सिपलले बदमासी गरेको बताउनु भयो । अहिले स्कुलले सो स्टाटस आफ्नो फेसबुक पेजबाट हटाई सकेको वहाँले बताउनु भयो ।

Back to top