४ करोड मूल्य पर्ने २ टेस्ला गाडी वीरगञ्ज भन्सारबाट छुट्यो

1673


वीरगञ्ज १८ असार । सर्वोच्च अदालतले ६ महीनादेखि रोकिराखेको टेस्लाका दुईवटा गाडी तत्काल छाड्न आदेश दिएपछि वीरगञ्ज भन्सार कार्यालयले आइतवार छाडेको छ।

भन्सारले कन्टेनरमा हालेर काठमाडौं पु–याउन स्वीकृति दिएको हो। स्वीकृतिसँगै सोमवार बिहान गाडी काठमाडौं पुगिसकेको वीरगञ्ज भन्सार स्रोतले जनाएको छ।

लामो समय त्यतिकै थन्किएकोले गाडी स्टार्ट हुन सकिरहेको छैन। श्रीमा डिस्ट्रिब्युशन नेपाल प्रालिले टेस्ला कम्पनीका दुईवटा विद्युतीय गाडी मगाएको थियो।



आधिकारिक एजेन्सी नलिई कम्पनीले गाडी आयात गरेको भन्दै भन्सारले जाँचपास गरेर धादिड्ढो बेनीघाट पुगेपछि फिर्ता ल्याएको थियो। लामो समयदेखि गाडी नछुटेपछि कम्पनीले सर्वोच्चमा रिट हालेको थियो। अदालतले भन्सार कार्यालयलाई गाडी फिर्ता दिनु भन्दै श्रीमाको पक्षमा फैसला गरेको थियो।

सर्वोच्चले दिएको अन्तरिम आदेश पुनरावलोकनका लागि भन्सार कार्यालय फेरि ‘भ्याकेट’मा गएको थियो। त्यो भ्याकेटलाई सर्वोच्चले गत बिहीवार खारेज गरिदिएको हो। भ्याकेट खारेज भएपछि भन्सारले आइतवार छाड्ने निर्णय गरेको हो। यी कारको मूल्य ४ करोडको हाराहारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here