चट्याङ् लागेर स्वास्थ्य कार्यालय पर्सामा भौतिक क्षति

1797

वीरगञ्ज १८ असार । आज बिहान भएको वर्षासँगै परेको चट्याङले जनस्वास्थ्य कार्यालय पर्साको भवनमा क्षति पु¥याएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित रहेको कार्यालयको भवनमो तेस्रो तल्लाको भवनको छतमा क्षति भएको छ ।

कार्यालयका प्रमुख कामेश्वर चौरसियाले भने “तेस्रो तल्लाको छत चर्किएको छ, पर्खाल पनि चर्किएको छ, तलसम्मको भर्‍याङ पनि क्षति पुगेको छ ।”



साथै, कार्यालयमा जडित बिजुलीको लाइनका साथै मिटर बक्समा समेत चट्याङले गर्दा आगलागी भएको छ । अहिले चौरसियाले भने “कार्यालयका ४ वटा कम्प्युटर र इन्भर्टर समेत श्रतिग्रस्त भएका छन्, ८ वटा फ्रिजमा राखिएका पर्साका बालबालिकाका आएका भ्याक्सिन पनि खराब हुने अवस्थामा पुगेका छन् ।”

कार्यालय प्रमुख चौरसियाका अनुसार प्रारम्भिक रुपमा करिब २० लाखको क्षति भएको अनुमान गरिएको छ ।

चट्याङ् लागेर कार्यालयमा भौतिक क्षति भएपनि कार्यालय समय अघि चट्याङ परेको हुनाले कुनै पनि मानवीय क्षति भने नभएको र कार्यालयमै रहेका तीन जना सुरक्षित रहेको चौरसियाले जानकारी दिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here