×

वीरगञ्ज १७ असार । आर्थिक वर्ष २०७६/७७ को शुरुमा नै सम्झौता ठेक्का सकार गरेका कम्पनीले समयमै काम शुरु गर्न नसक्दा पोखरिया–लङ्गडी–भिस्वा जोड्ने सडक पूर्ण रुपमा ठप्प भएको छ ।

प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेको सडक १३ करोडमा निर्माण गर्ने ठेक्का रोशन, राजन, सागर जेभीले सकार गरेको थियो । २०७६ असार मै निर्माण सम्झौता भए पनि २०७७ साल असारमा मात्र कम्पनीले काम शुरु गरेको हो ।

कम्पनीले लकडाउन तथा खेतमा बाली भएको कारण माटो पुर्ने कार्यमा गर्न ढिलाई भएपछि काम अगाडि बढन नसकेको बताउने गरेका छन् । १२ किलो मिटरको सो सडक अहिले वर्षायाममा अवरुद्ध हुँदा जनतालाई निकै सास्ती भोग्नु परेको छ । प्रदेश सरकारको १८ करोडको इस्टिमेट रहेको भए पनि कम्पनीले १३ करोडमा काम गर्ने ठेक्का सरकार गरेको थियो ।

ठेक्का सकार गर्ने कम्पनीमध्ये एक कम्पनी जनता समाजवादी पार्टीका नेता तथा प्रदेशसभा सदस्य सिंहासन कलवारको रहेको छ ।

उक्त क्षेत्रका बासिन्दाहरुको अनुसार कम्पनीको लापरवाहीकै करण यो भेगका जनताले दुःख पाईरहेका छन् । कम्पनीले सरकारसँग १३ करोडमा सो सडक दुई वर्षमा निर्माण गर्ने सम्झौता गरेको थियो । तर, कम्पनीले लामो समय कामै गरेन् । आर्थिक वर्षको अन्ततिर बल्ल आएर काम शुरु ग¥यो । पहिलो चरणमा बाटोमा माटो पुर्ने काम भयो । काम शुरु भएसँगै मनसुन पनि सक्रिय हुन थाल्यो । त्यस पश्चात, बाटो हिलाम्य भएर अन्तत बाटो नै अवरुद्ध हुन पुग्यो ।

सो बाटो अवरुद्ध भए पछि पोखरिया, मुर्ली, लङ्गडी, बन्जारी, भिस्वा लगायतका गाउँहरुका मानिसहरुको आउजाऊ नै ठप्प भएको छ । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका जनतालाई त झन् सास्ती भईरहेको छ । वीरगञ्ज आउनने दुईवटै सडक हिलाम्य भएर अवरुद्ध छ ।

प्रदेश सभा सदस्य सिंहासन कलवारका अनुसार देशकै अवस्थाका कारण अन्ततिर आएर काम शुरु भएकोले जनतालाई निकै कठिनाई भोग्नु परेको दाबी गरे । उनले निर्माण कार्य तत्काल स्थगित गरी बाटो खुलाउने कार्य भइरहेको बताए । केहि स्थानमा बाटो खुल्ला भइसकेको तथा केहि ठाउँहरुमा बाटोमा पुरिएको माटो हटाउने कार्य भइरहेको उनले भने । “बाटो छिट्टै खुल्छ, जनतालाई कष्ट दिएर विकास निर्माण हुदैंन” सिंहले भने ।

निर्माण कम्पनीले एक वर्षमा माटो पूर्ने बाहेक एक प्रतिशत काम पनि गर्न सकेको छैन् । बाटो निर्माण नहुँदा सो भेगका जनताहरु वर्षामा हिलो र हिउँदमा धुलोका कारण सास्ती भोग्न बाध्य छन् ।

राजन निर्माण कम्पनीका संचालक रहेका प्रदेश सभा सदस्य सिंहासन कलवारले कम्पनी आफ्नो नाममा नभएको बताउने गरेको भए पनि भित्री रुपमा उनी र उनका भाई नै राजन निर्माण कम्पनीका हर्ताकर्ता रहेका छन् । प्रदेश सरकार भौतिक पूर्वधार मन्त्रालयबाट संचालित ठेक्का, कमिसन र पावरको दममा उनकै कम्पनीलाई पर्दै आएका छन् ।

Back to top