×

वीरगञ्ज १७ असार । पर्साको छिपहरमाइ गाउँपालिकामा पासोमा झुण्डिएको अवस्थामा एक जना युवतीको शव फेला परेको छ ।

छिपहरमाइ गाउँपालिका वडा नं ४ नायका टोल बस्ने शम्भु महतो केवटकी १८ वर्षिय छोरीको शव पासोमा झुण्डिएको अवस्थामा फेला परेको पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापाले बताए ।

घरमा कोही नभएको बेला भर्याङ्गबाट निस्किएको रडमा पासो लगाई आत्महत्या गरिएको हुनसक्ने अनुमान गरेको प्रहरीले जनाइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरीयाको टोली पुगेको छ । शवलाई पोष्टमार्टमका अस्पताल पठाइएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको छ ।

Back to top