५० हजार भन्दा बढी प्रभावितलाइ सानो पाइलाको निशुल्क भोजन

48


वीरगञ्ज १७ असार । सामाजिक संस्था सानो पाइलाले विभिन्न ठाउँमा सञ्चालन गरेको निशुल्क भोजन शिविरहरुबाट हाल सम्म ५० हजार भन्दा बढी व्यक्तिले भोजन पाएका छन् ।

लकडाउनका कारण प्रभावित भएकाहरुको राहतका लागि वीरगञ्ज, जनकपुर, महोत्तरी र सिराहामा सञ्चालित निशुल्क भोजन शिविरबाट ५० हजार भन्दा बढीलाइ भोजन बाँडिएको जनाइएको छ ।


वीरगञ्ज, जनकपुर, महोत्तरीको जलेश्वर र सिराहाको बस्तीपुरमा गरि ४ ठाउँमा भोजन शिविर सञ्चालन गरिएको थियो ।

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै व्यापार व्यवसाय सुरु भएका कारण वीरगञ्ज, जनकपुर र महोत्तरीका भोजन शिविर स्थगित भएको छ ।

सिराहाका स्थानियहरुबाटै माग भइ आएका कारण सिराहाको भोजन शिविर अझै सञ्चालन भइरहेको सानो पाइलाका सञ्चालन प्रमुख जय शाहले जनाएका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here