×

वीरगञ्ज १७ असार । सामाजिक दुरी कायम गर्दै होटेल व्यवसाय सञ्चालनको वातावरण निर्माणका लागि पहल गरिदिन भन्दै होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले ज्ञापन पत्र बुझाएको छ ।

बुधबार संघका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा रहेको होटेल व्यवसायीहरुको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की समक्ष ३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

सामाजिक दुरी काय गर्दै होटेल व्यवसाय तत्काल सञ्चालनका लागि पहल, लकडाउन अवधि भरिको घर भाडा-बैंक ब्याज-बिजुली-पानी-विद्युतलगायतका महशुल सरकारी स्तरबाटै मिनाहाका लागि पहल, भाडामा सञ्चालित होटेलहरुको घर भाडा हाल पुर्ण मिनाहा लगायतका विषयहरु समेट्दै ज्ञापन बुझाइएको जनाइएको छ ।

साथै कोभिड १९ को संक्रमण न्युन राख्नका लागि अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीहरु प्रति संघले आभार प्रकट गरेको छ ।

Back to top