नागरिकता विधयेक विरुद्ध नागरिक अभियानको अगुवाईमा वीरगञ्जमा बिरोध प्रर्दशन

56


वीरगञ्ज १७ असार । राज्य व्यावस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा बुधवार वीरगञ्जमा बिरोध प्रर्दशन गरिएको छ ।

कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै त्यसलाई फिर्ता गर्नु पर्ने माग गरेका गर्दै प्रर्दशन गरिएको हो ।


कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक ल्याएर परम्परादेखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको बिरोध प्रर्दशनका सहभागिहरुले आरोप लगाएका छन् ।

प्रर्दशनमा नागरिक समाजका बिभिन्न सरोकार समुहको सहभागिता रहेको छ । नागरिक समाजको आव्हानमा आयोजना गरिएको बिरोध प्रर्दशनमा पर्साका स्थानीय नेता, कार्यकर्ता, विभिन्न पेशासँग आबद्ध व्यक्ति, व्यवसायीलगायतको सहभागिता रहेको छ ।

वीरगञ्जको मुख्य शहर परिक्रमा गरि घण्टाघरमा सभा सम्पन्न भएको थियो । सभामा नागरिक सभाजको तर्फबाट डा. दीपक शाक्य, बिन्दवासिनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता र जनता समाजवादी पार्टीका नेता शशीकपुर मियाले मन्तब्य ब्यक्त गरेका थिए । वक्ताहरुले सरकारले विधेयक फिर्ता नलिए आन्दोलन झनै कडा पार्ने चेतावनी दिएका छन् ।

प्रर्दशनमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, उपमेयर शान्ति कार्की, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी पर्साका नेताहरुको समेत सहभागिता रहेको थियो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here