×

वीरगञ्ज १७ असार । अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगन्जमा युवाहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियान पर्साले एमसीसी खारेजीको माग गर्दै वीरगन्जको माईस्थानबाट निकालेको ¥याली घण्टाघर पुगेर सम्पन्न भएको हो ।

विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी लागु गर्न पाइदैन, न हामी कसैको गुलाम थियौ न बन्न चाहन्छौ, ‘विकासको नाममा देश बेच्न पाइँदैन’ लगायतका नाराहरु लेखिएका प्ले कार्ड बोकी विरोध प्रदर्शन गरेका थिए । उनीहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेकोले यसलाई तुरुन्त खारेज गर्न माग समेत गरेका छन् ।

उक्त र्‍यालीमा युवाहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

Back to top