आज पनि भारी वर्षाको सम्भावना !

33


काठमाडौं १६ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले आज पनि मुलुकका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम/दक्षिण-पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव रहेको बताएको हो ।


त्यस्तै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेका कारण आज विहानैबाट केही क्षेत्रमा वर्षा जारी रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here