×

काठमाडौँ १५ असार । लकडाउनका कारण बन्द रहेको धितोपत्रको दोस्रो बजार सोमबार (आज) बाट खुल्ने भएको छ। लामोसमय बन्द रहेको सेयर बजार खोल्ने विषयमाअध्ययनगर्न गठन भएको समितीले सुझाव पेस गरेपछि दोस्रोबजार पुनःखोल्न निर्देशनदिएको नेपालधितोपत्रबोर्ड (सेबोन)ले जनाएको छ।

सेयर बजारकाविषयमाअध्ययनगर्न गठित समितिले गतशुक्रबार सुझावदिएकोमाआइतबार बसेको बोर्डको बैठकलेसोमबारबाट सेयर कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशनदिएको हो।

नेपालधितोपत्रबोर्डकाअध्यक्षभिष्मराजढुंगानाले भोलिदेखि बजार खोल्न नेपाल स्टक एक्सचेन्ज(नेप्से) लाई निर्देशनदिएको बताए। लकडाउनबीच सेयरबजार के कसरी कतिअवधिखोल्ने भन्ने मोडालिटीबारेनेप्सेलाईजिम्मेवारी दिइएको बोर्डले जनाएको छ।

सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीको सेयर कारोबार हुने दोस्रो बजार चैतदेखिबन्दरहेको रहेपनिबीचमादुई दिनखुलेको थियो। तरलगातर दुवै दिन सेयर बजारमा‘सर्किट ब्रेक’लागेपछि बन्दगरिएको थियो।

Back to top