×

काठमाडौं १४ असार । कोरोना भाइरस महामारीका कारण सरकारले भारतमा लकडाउन गरेको छ । लकडाउनका कारण कलाकारहरु फुसर्दिला बनेका छन् ।

वर्षभरि व्यस्त रहने क्याटरीना कैफ यतिबेला भने फुर्सदमा छिन् । सामाजिक सञ्जालमा पनि उनको चर्चा भइरहन्छ । उनी पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

सामाजिक सञ्जालमा क्याटरीनाले जिम गरेका तथा योगा गरेका तस्वीर तथा भिडियोहरु शेयर गरिरहन्छिन् ।

आफूलाई फिट राख्न कडा मेहनत गर्ने यी नायिकाका लाखौं फ्यान छन् । नेपालमा पनि उनका हजारौं प्रशंसक छन् ।

बलिउडका प्रायः सबै हस्तीसँग फिल्ममा काम गरेकी क्याटरीनाले सामाजिक सञ्जालमा फ्यान लोभ्याउने तस्वीर शेयर गर्ने गर्छिन् । हेरौं क्याटरीनाका केही तस्वीर:

 

Back to top