निशान र एलिनाको आवाजमा “के माया लाग्छ र?” सार्बजनिक

10


वीरगञ्ज –  समयको परिवर्तनसँगै मानिसहरुको दैनिकी दिनप्रतिदिन विकसित भइरहेको छ । अहिलको विज्ञान र प्रविधिको युगमा सबैको जिवनयापन पनि बदलिदै जाँदा मानिसले परम्परागत ग्रामिण जिवनलाई विर्सिदै गइरहेको पनि यथार्थ छ ।

तर विर्सिदै गईरहेको ग्रामिण परिवेशलाई सम्झाउनका लागि कला, संस्कृति, साहित्य तथा संगीतले ठुलो योगदान दिइरहेको कुरा पनि नकार्न सकिन्न । यस्तै गाउँले जीवनमा युवा युवतिको प्रेम सहित ग्रामिण परिवेशलाई स्मरण गराउने “के माया लाग्छ र ?” भन्ने बोलको गीत भर्खरै युट्युवबमा सार्बजनिक भएको छ ।


नेपाल आईडल सिजन १ मा उत्कृष्ट प्रस्तुति पस्केर विजेताको उपाधि हात पार्न नसकेपनि सम्पुर्ण दर्शक तथा श्रोताहरुको माया प्राप्त गर्न सफल सर्वप्रिय गायक निशान भट्टराई र सुमधुर स्वर र सुन्दर रुपले सबैलाई प्रभावित बनाउन सफल चर्चित गायिका एलिना चौहानको सुमधुर आवाजमा सजिएको “के माया लाग्छ र तिम्रो ?” बोलको गीत बजारमा आएको हो ।

अंकितबाबु अधिकारीको संगित, हर्क साउदको शब्द र कुशल सिँहको संगीत संयोजन रहेको उक्त गीतमा जेपी जोशीले मादल, रत्न बि क ले बाँसुरी र कोबिड बर्जाले सारंगी बजाउनुभएको छ । शार्दूल श्रेष्ठको साउण्ड इन्जिनियरीङ् रहेको गीत आर्टमाण्डु युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

परम्परागत ग्रामिण क्षेत्रको प्रेमकथा र यथार्थतालाई समेटेर तयार पारिएको गीतको प्रतिक्रिया पनि अत्यन्तै सकरात्मक आइरहेको र यसले आगामी दिनमा अँझै नया नया सांगीतिकि कोसेलीहरु दर्शक श्रोताको माझमा पस्किने हौसला प्राप्त भएको गायक निशान भट्टराईले बताउनुभयो ।

शब्द, संगीत र स्वरले सजिएर जति सुन्दर गीत बनेको छ त्यति नै सुन्दर यस गीतको भिडियो बनाइएको छ । उक्त गीतको भिडियोमा मुकुन भुषाल र सुर्विना कार्कीको नेचुरल अनि दमदार अभिनय रहेको छ । साथै मनिष तामांगको पनि अभिनय रहेको भिडियोको निर्देशन नविन चौहानले गर्नुभएको छ ।

निशल पौडेलले छायांकन गरेको भिडियोको ईडिटिङ् सुनिल पौडेल र कलरिस्ट दिप्सन साहले गर्नुभएको छ । सहायक क्यामेरा श्याम तामांगको रहेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here