×

वीरगञ्ज १२ असार । पर्सामा अवैध हुण्डी कारोबारीबाट सात लाख घुस खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्रहरीविरुद्ध मुद्दा दायर गरेको छ ।

अस्थायी प्रहरी पोष्ट, इनर्वा गाउँमा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागूऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पर्साका प्रहरी जवान अवधेश रायविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अवैध हुण्डी कारोबारीको साथमा रहेको २० लाख रुपैयाँबाट तामाङले चार लाख, रायले एक लाख २५ हजार चौधरीले एक लाख १० हजार तथा अन्य सहयोगीलाई दिन ६५ हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ ।

यस्तै बयानमा प्रहरी सहायक निरीक्षक तामाङलाई बचाउन खोज्ने कावासोती नगरपालिका–५ का सोनाम तामाङलाईसमेत मतियारको रुपमा कारवाही गर्न अख्तियारले माग दाबी गरेको छ । उनीहरुलाई ६ लाख ३५ हजार घुस रकमसहित अख्तियारको टोलीले गत फागुन ८ गते रंगेहात पक्राउ गरेको थियो।

Back to top