×

वीरगञ्ज १२ असार । नेपाल विद्यार्थी संगठन ९नेविसंघ० पर्साले चीनको विरोधमा प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो वीरगंजमा नेविसंघले नेपाली भूमि मिचेको भन्दै चीनको विरोधमा प्रदर्शन प्रदर्शन गरेको हो ।

नेविसंघ पर्साका निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सि जिनपिङको तस्वीर समेत जलाइएको थियो । प्रदर्शनकारीहरुले चाईना मुर्दाबाद, सि जिनपिंग मुर्दाबाद, हाम्रो सिमा मिच्न पाइदैन लगायतका नारा लगाएका थिए ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत भएको थियो । वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध ¥यालि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै उनीहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चीनमा देखाइरहँदा पनि नेपाली प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश पोखेका थिए ।

कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्री ओलीले गैर जिम्मेवार टिप्पणी दिएर नागरिकहरुबीच द्वन्द गराउन खोजेको आरोप लगाएका थिए । उनीहरुले अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडी समुदाय लडाउन खोजिएको बताएका थिए ।

विरोधमा विकेश पटेल, संजिव मिश्रा, दिपक पटेल, विवेक कलवार, अजय कर्ण, राहुल रौनियार, बिट्टु अहमद लगायतका नेविसंघ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Back to top