×

वीरगन्ज १२ असार । पर्सा जिल्लालाई सदरमुकाम वीरगंजसंग जाेड्ने मुख्य सडकमा पर्ने तिलावे नदीकाे डाइभर्सन भत्कन थालेकाे छ । डाइभर्सन भत्कन थाले पछि पर्सा जिल्लाकाे ग्रामिण भेगकाे सदरमुकाम वीरगंजसंगकाे सम्पर्क टुट्न सक्ने सम्भावना बढेकाे छ ।

तिलावे नदीमा पुल निर्माणकाे लागि ठेक्दारले बनाएकाे डाइभर्सन नदीमा पानीकाे बहाव बढे पछि भत्कन थालेकाे हाे । मनसुन सुरु भएकाेले डाइभर्सन भत्कनुकाे साथै डाइभर्सनकाे बाटाे पनि जिर्ण बन्दै गएकाे छ ।

डाइभर्सनकाे बाटाेमा खाल्डाे खुल्डी भई पानी जम्मा भई हिलाे भएका कारण सवारी साधन आवतजावतमा समेत कठिनाई हुन थालेकाे छ । तिलावे पूल निर्माणकाे जिम्मा लिएका ठेक्दार कम्पनीहरुकाे लापरवाहीले लामाे समय देखी दु:ख पाइरहेका पर्सेली जनता अब जाेखिम पूर्ण यात्र गर्न बाध्य भएका छन् ।

पुरानो पुलको दुबै किनारको सडकलाई काटी आवतजावत बन्द गरिएको छ, यसको बैकल्पिक रुपमापुलको दक्षिण भागमा होम पाइपको अधारमा निमार्ण गरिएकाे डाइभर्सनले भत्कनुले वीरगंजसंगकाे सम्पर्क टुट्ने चिन्ता उत्पन्न भएकाे तरुण दल पर्साका सचिव विवेक चाैरसियाले वताउन्छन् ।

Back to top