महानगरको नगर परिषदमा स्थानिय नेताहरु बाईपास, नेतालाई बोलाउँने कुनै सिस्टम नै छैन – मेयर सरावगी

188


वीरगञ्ज १२ असार । मुल राजनीतिक दलका जिल्लास्तरीय नेताहरुको भूमिका विकास निर्माण लगायत जनताका दैनिक जनजीवनमा देखापरेका समस्यालाई समाधान गर्न कमजोर बन्दै जान थालेको प्रमाणित भएको छ ।

बुधबार असार १० गते भित्र देशभरीका स्थानीय तहको परिषद गरिसक्नुपर्ने प्रावधान अनुसार पर्साका पनि अधिकांश स्थानीय तहमा परिषद गरिएको बुधबार भएपनि त्यसमा मुल राजनीतिक दलका स्थानीय प्रमुख नेताहरुलाई आमन्त्रित नगरिएपछि जिल्लास्तरीय नेताहरुको भूमिका कमजोर बन्दै गएको प्रमाणित भएको हो ।


बुधबार पर्साको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, पर्टेवासुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायत अधिकांश पालिकाहरुको परिषद भएपनि ती परिषदहरुमा मुख्य नेताहरुको सहभागिता नहुनुले उनीहरुको भूमिका गौण बनेको हो ।

वीरगञ्ज महानगरपालिकाको परिषदमा मुख्य दलका नेताहरु नेकपाका प्रभु हजरा, काँग्रेसका अजय द्विवेदी, जनता समाजवादीका रामनरेश यादव, राजेशमान सिंह लगायतका कुनैपनि नेताहरुको उपस्थिती पालिकामा नदेखिएपछि दलको भूमिका माथि प्रश्न चिन्ह खडा भएको हो ।

लोकतन्त्रमा सबै राजनीतिक दलहरु जनताको बीचमा जाने र उनीहरुको समस्या समाधानका निम्ती रहेक मञ्चहरुमा बोल्ने र जनमत निर्माण गर्ने प्रजातन्त्रको सुन्दर पक्षलाई आत्मसाथ हुन छाडेपछि अब निर्वाचित जनप्रतिनिधीहरु पार्टीको भूमिकालाई ओझेलमा पारेर आफै सर्वेसर्वा बन्न खोजेको कुरालाई सहज ढङ्गबाट सर्वसाधारणले लिएका छैनन् ।

हरेक पटक प्रत्येक पालिकाको परिषदहरुमा दलसँगहरु परामर्श गर्ने र परिषदमा आमन्त्रण गर्ने पुरानो परम्परा हटेपछि अब भने दलका प्रमुख नेताहरु कसरी जनताको आवाज बोल्छन्, त्यो सबैको लागि सोचनीय विषय बनेको छ ।

यता वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भने महानगरको नगर परिषदमा राजनितिक दलका नेतालाई बोलाउन कुनै सिस्टम नै नरहेको हाम्रो नियमावलीमा छ मात्र एक जना भने स्पीकर लाई बोलाए हुन्छ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here