×

वीरगञ्ज - निजि विद्यालयहरुको छाता संगठन प्याब्सन पर्सासँग आवद्ध विद्यालयका प्रधानाध्यापहरुविच आज एस ई ई को मुल्यांकन सम्बन्धि कार्यविधिको बारेमा छलफल भएको छ ।

ज्ञानज्योति माविमा भएको अनौपचारीक छलफलमा सरकारले पठाएको एस ई ई मुल्यांकन सम्बन्धि कार्यविधिमा भएका असमझदारीहरुको विषयमा छलफल गरिएको हो । सो अवसरमा कार्यविधिमा भएका अन्यौलताहरुबारे जिल्ला शिक्षा समन्वय ईकाई समिति पर्साका कम्प्युटर अपरेटर गोपाल प्रसाद साहले प्रकाश पार्नुभएको थियो ।

कार्यविधिका साथै शिक्षकहरुको बाँकी रहेको पारिश्रमिक, पठनपाठन लगायतका समस्याहरुको बारेमा पनि छलफल गरिएको प्याब्सन वीरगञ्ज महानगरपालिकाका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिनुभयो ।

यसैगरी शैक्षिक क्षेत्रमा कोरोनाका कारण परेको प्रभावको बारेमा स्थानिय सरकार लगायत विभिन्न निकाय तथा संघ संस्थामा ध्यानाकर्षण समेत गराईको नगरअध्यक्ष चौरसियाले बताउनुभयो । बैठकमा प्याब्सन पर्साका पुर्वअध्यक्ष श्याम केसी, ईमामुदिन अहमद, जिल्ला उपाध्यक्ष पुरण प्रधान, नगर कोषाध्यक्ष सन्नि पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

बैठकको सहजिकरण नगर सचिब राहुल श्रीवास्वले गर्नुभएको थियो ।

Back to top