×

वीरगञ्ज ११ असार । निजि तथा संस्थागत विद्यालयाहरुको संगठन प्याब्सन,एन प्याब्सन र निजि कलेजहरुको संगठन हिसानले सयुक्त रुपमा शैक्षिक क्षेत्रहरुमा कोरोना महामारीका कारण परेको आर्थिक भारलाई कम गर्नका लागि सहजिकरण गरी दिनहुन भन्दै वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

प्याब्सन,एन प्याब्सन तथा हिसानले कोरोना महामारीको सकटका वेला पुरै क्षेत्र प्रभावित भइरहेको बेलामा निजि शैक्षिक क्षेत्र पनि अछुतो नरहेको बताउदै बैंकको व्याजमा सहुलियत तथा आर्थिक अवस्था सबल भएको अभिभावकहरुबाट उपलब्ध हुन सक्ने गत शैक्षिक सत्रको वकयौता उठाने लगायतको बिषयमा सहजिकरण गरी दिनको लागि वीरगञ्ज महानगरपालिकालाई गुहारेको छ ।

बिद्यालय तथा कलेजहरु बन्द रहेको वेलामा समेत कर्मचारी तथा शिक्षकहरुलाई तलब खुवाउनु पर्ने तथा बैंक व्याजसमेत तिर्नु पर्ने अबस्था कारण निजि संस्थागत विद्यालय तथा कजेल धरासाही भएको भन्दै यो क्षेत्रलाई बचाउनको लागि वीरगञ्ज महानगरपालिकालाई पहल गरी दिन ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।

ज्ञापत्र पत्र बुझाउन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह,नगर अध्यक्ष आलोक चौरसिया,एन प्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरी, हिसानका केन्द्रिय सदस्य डा. लालबावु यादव त्यसैगरी जिल्ला अध्यक्ष विनय श्रेष्ठ सहितको टोली वीरगन्ज महानगरपालिका पुगेको थियो । टोलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएका छन् । सो क्रममा वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णको पनि उपस्थिती रहेको थियो ।

ज्ञापन पत्रमा विद्यालय तथा कलेज बन्द भएको अवधी भरको विजुली महशुल, टेलीफोन महशुल, घरभाडा, इन्टरनेट महशुल, बैंक व्याज मिनाहना लगायतको कार्यमा सहजिकरण गरी दिन अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझाए पश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै प्याब्सनका वीरगञ्ज महानगर अध्यक्ष आलोक चौरसियाले निजि तथा संस्थागत शैक्षिक क्षेत्रले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै यो क्षेत्र धरमराएको वेला राज्यले सहयोग गर्नु पर्ने बताउँदै हाम्रो मागलाई वीरगन्ज महानगरपालिकाले गम्भीर रुपमा लिनेमा आशावादी रहेको वताउनु भयो ।

Back to top