×

रौतहट १० असार । जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज गएराति आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

रौतहट जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । गएराति जिल्लाको बसन्तपुर प्रहरी चौकीका इन्चार्ज सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

प्रहरी सहायक निरीक्षक झा राजदेवी नगरपालिका २ मा एक महिलालाई भेट्न राति पुगेका थिए । त्यहीँ सामुदायिक भवन घेरेर स्थानीयले उनलाई महिलासँग आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएका थिए । इन्चार्ज झालाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले झा के कारणले मध्यराति महिलालाई भेट्न गए भन्ने विषयमा अनुसन्धान थािलएको बताए । उनले भने, ‘महिलासँग पनि सोधपुछ थालेका छौं ।’

Back to top