×

वीरगञ्ज ९ असार । जनता समाजवादी पार्टी पर्साले प्रस्तावित नागरीकता विद्येयकको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ । सरकारले प्रस्ताव गरेको नागरीकता विद्येयकको विरोधमा जनता समाजवादी पार्टी पर्साले प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादबले मधेशी समुदायप्रति प्रहार गरेको प्रस्तावित नागरीकता विद्येयकले ६२/६३ सालको आन्दोलनले प्राप्त गरेको अधिकारप्रति कुठाराघात गरेको बताउँदै उक्त विद्येयक फिर्ता गर्न माग गर्नुभएको छ ।

यसका साथै रोटीबेटीको सम्बन्धका साथै अहिले मधेशी समुदायले शान्तीपुर्ण आन्दोलन गरेको र यदि शान्तीपुर्ण आन्लोलनबाट मागको सम्बोधन नभए थप आन्दोलन गर्ने पनि उहाँले चेतावनि दिनुभयो । प्रदर्शनको क्रममा नागरीकता संशोधन विद्येयक फिर्ता गर, महिला अत्याचार बन्द गर, महिलामाथि विभेद अत्याचार गर्न पाइदैन, लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरिएको पार्टीका नेता तवरेज अहमदले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनमा पार्टीका नेता राजेशमान सिँह, ईश्वर यादब, ओमप्रकाश सर्राफ, रम्भा मिश्रा, पार्टीका संघिय परिषद् सदस्य शिवजि सोनी, विद्यार्थि नेता मधुसुदन चौरसिया लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Back to top