×

वीरगञ्ज ९ असार । एमसीसीको बिरोधमा सत्तारूढ दल नेकपाको भातृ संगठन अनेरास्ववियूले वीरगंजमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ ।

एमसीसीका विरुद्धमा चौतर्फी विरोध चलिदहदा सत्तारूढ दल नेकपाकै विद्यार्थी संगठनले समेत एमसीसी खारेज हुनुपर्ने माग राखेर देशव्यापीरुपमा उत्रिएको हो ।

अनेरास्ववियू पर्साले आज वीरगञ्जको घण्टाघरमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर,देश बेच्न पाइदैन , भ्रष्ट नेता मुर्दावाद लगायतका नारा अंकित प्ले कार्ड बोकेर प्रदर्शन गरेको हो ।

अनेरास्ववियू पर्साका सह- संयोजक मित्र देव यादवको नेतृत्वमा रहेको खबरदारी कार्यक्रममा अनेरास्ववियू केन्द्रीय जुबेर आलम, अखिलेस साह, हेमन्त तामाङ, विवेक साह,मेराजुल हवारी, नसिम अख्तर, नितेश वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा समेत पक्षमा रहेको एमसिसीलाई संसदबाट पारित गर्ने-नगर्ने विषयमा सत्तारूढ पार्टीमा बहस चलिरहदा अाफ्नै नेताहरु प्रति भतृ संगठनहरुले सडकबाट अाक्रोश पोखिरहेका छन् ।

Back to top