×

वीरगंज ८ असार । बीरगंजको बिकाशका लागी महानगरपालिकाका मेयर बिजयकुमार सरावगी र जनता समाजवादी पार्टीका अध्यक्ष राजेशमान सिंह एक भएका छन ।

बीरगंज महानगरपालिका वडा नं १५ भिस्वा स्थित रहेको कुष्ण मन्दिर नजिकै, सडक मर्मत, नाला ढाला निर्माणका लागी संयुतmरुपमा मेयर सरावगी र नेता सिंह अवलोकन गरेका हुन । बिगत केही महिना देखी एडपी योजना अन्तर्गत रोकीएको सडक निर्माण कार्यको अवलोकन गरीएको हो ।

अगामी आर्थिक वर्षको बजेटमा भिस्वाको बिकाशका लागी सडक मर्मत र नाला ढाला निर्माण गर्नका लागी बजेटमा समायोजन गरिने मेयर सरावगीले बताउनु भयो ।

बीरगंजको बिकाशका लागी हामी सबै जना एक हुन्नु पर्ने नेता सिंहले भने, देशको आर्थिक नगरी भनेर चिनिने बीरगंज बिकाश कार्यमा पछाडी परेको अब बीरगंजको बिकाशको लागी हामी एक भएका हौ ।

बीरगंज महानगरपालिका मेयर सरावगीले आफु बीरगंजको बिकाशका लागी कुनै कसर बाकी नराख्ने जनाएका छन बीरगंजका मेयर सरावगी र नेता सिंह बिरगंजको बिकाशको लागी दुबै नेता एक भएकोमा बीरगंजवासी हर्षित भएका छन ।

Back to top