पर्साको जगरनाथपुरमा झडप एक बालकसहित ४ जना घाईते

96

वीरगन्ज ७ असार । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दासवतामा आइतबार सडक निमार्णको बिषयलाई लिएर झडप भएकाे छ । झडपमा एक बालकसहित ४ जना घाईते भएका छन् ।

सडक निर्माणकाे बिषयमा वडाध्यक्ष प्रभु पटेल र स्थानिय हारुल मियाँ पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपमा ७० बर्षिय गेना खातुन, ४० बर्षिय हारुल मियाँ, १२ बर्षिय सलाउद्दिन गद्दी र ३० बर्षिय उमी गद्दी घाइते भएका छन् ।

घाइते सबै जनाकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नरिक्षक चन्द्र सिंहले जनाए । घाइते मध्ये गेना खातुन अवस्था गम्भिर रहेकाे अस्पतालले जनाएकाे छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here