×

वीरगञ्ज ७ असार । नागरिकता विधेयकमा सत्तारुढ दल नेकपाले गरेको निर्णयलाई जनता समाजवादी पार्टी वीरगंज महानगर कमिटिले बिरोध गर्दै प्रदर्शन गरेकोे छ ।

सत्तारूढ दल नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको निर्णयले नेपाल –भारतको सदियो देखीको बेटी रोटी सम्बन्धमा खल्ल पुर्याउने भन्दै नागरिकता संशोधन विधेयक खारेजको मांग गर्दै युवाहरुले बिरोध प्रदर्शन गरेका हुन ।

वीरगंजको घण्टाघर स्थित प्रदर्शन गरेका युवाहरुले यो विधेयकले नेपाली र भारतीय जनताबीच युगौंयुगदेखि कायम रहेको सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई भत्काउने र नकारात्मक असर पर्ने भएकोले नागरिकता संशोधन विधेयक खारेज गर्नु पर्ने उनीहरुले मांग गरेका हुन ।

उनीहरुले ‘‘महिलामाथि विभेद, अत्याचार बन्द गर’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन’, ‘मधेशीमाथिको अत्याचार बन्द गर’, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’’ लगायतका नारा लगाउँदै नागरिकता विधेयक संशोधन फिर्ता गर्न मांग मांग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

तत्कालिन समाजवादी पार्टी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वरचन्द्र यादवले नेकपाले गरेको यो निर्णयले विदेशबाट विवाह गरी आउने महिलाले अझ बढी लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता भोग्नु पर्नेछ र तिनका सन्तानहरुले पनि दुखद् स्थिति भोग्नु पर्ने भएकोले यस्ता मधेश बिरोधी नागरिकता संशोधन विधेयक खारिज गर्नु पर्ने बताएका थिए ।

उनले तत्काल नागरिकता संशोधन ऐन खारिज नगरिए आफूहरु सडक र सदन दुबै ठाउँबाट बिरोध गर्ने चेतावनी दिए ।

अध्यक्ष ईश्वरचन्द्र यादवको नेतृत्वमा भएको प्रदर्शनमा तत्कालिन समाजवादी पार्टीका उपाध्यक्ष शेख रुस्तम, सचिव संदिप श्रीवास्तव, सह–सचिव फिरोज अंसारी, पर्सा क्षेत्र नं. १ का सांसद प्रतिनिधी घनश्याम गुप्ता, नगर समिति सदस्य समसाद अंसारी, वीरगंज महानगर युवा कमिटीको उपाध्क्ष, विधार्थी जिल्ला अध्यक्ष एजाबाबु राँकी,तत्कालिन समाजवादी प्रदेश २ को युवा सचिव मनोज यादव, ठाकुर राम एकाई अध्यक्ष हरेन्द्र साह, बिधार्थी नेता, बिधार्थी नेता मनमोहन पाण्डे, अमित यादव,अंशु साह लगाायतको सहभागीता रहेको थियो ।

Back to top