वीरगन्जका ब्यवसायीहरुको लागि खुशीको खबर, आधा भाडा लिने घोषणा

4134

वीरगन्ज ६ असार । वीरगन्जका ब्यवसायीहरुको लागि खुशीको खबर आएको छ । कोरोना महामारीको कारण तिन महिनाको लकडाउन अवधिमा बढी प्रभावित भएका व्यवसायीहरुलाई वीरगंजको आदर्शनगरका घरधनीले केहि राहत दिने घोषणा गरेका छन् । आदर्शनगर वीरगंजको व्यवसायिक केन्द्र हो र यस क्षेत्र भित्रका घरधनीले लकडाउन तिन महिनाको लकडाउनका कारण व्यापार गर्न नसकेका व्यवसायीहरुलाई राहत दिने उद्द्येस्यले आधा भाडा लिने घोषणा गरेका हुन् ।

आदर्शनगरका व्यसायीहरुले आधा भाडा लिने निर्णयका कारण यस क्षेत्रका व्यसायीहरुलाई राहत मिलेको छ । तिन महिना देखी ठप्प रहेको व्यापार र व्यसाय ठप्प हुँदा घर भाडा, बैंकको ऋणलगयातका विषयलाई लिएर व्यवसायीहरु चिन्ति थिए । यसै अवस्थालाई ध्यानमा राखेर घरधनिहरुले भाडा रकमको आधा मात्र लिने निर्णय लिएका छन् ।

कोरोना महामारीका कारण लथालिङ्ग भएको व्यसायलाई केहि सहज बनाउन र राहत दिने उद्द्येशले आफुहरुले यो निर्णय लिएको नाम उल्लेख नगर्ने सर्तमा एक व्यसायीले बताए । यस क्षेत्रका अधिकांस घरधनीले उदारता देखाएपनि केहि घरधनीले अहिले सम्म पूरा भदा वासुल गर्ने केहि व्यवसायीहरुको गुनासो छ । आदर्शनगर क्षेत्रका घरधनीहरुले घरभाडा माफ गरि प्रस्तुत गरेको उदारहण वीरगंजका अन्य क्षेत्रका घरधनीले पनि प्रस्तुत गर्न सक्नु पर्ने व्यसायीहरुको भनाई छ । कोरोना महामारीले उत्पन्न गरेको अवस्थामा सबैले एक अर्कालाई सहयोग गरेर अगाडी बढ्नु पर्ने उनीहरुले सुझाव दिएका छन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here