×

वीरगञ्ज ५ असार । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पर्साको क्षेत्र नं. १ का सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय बैज्ञानिक वन छानबिन अध्ययन टोली गठन गरेको छ ।

सांसद यादव संयोजक रहने गरी सांसदहरु प्रेम बहादुर आले र मिना सुब्बासहितको समिति गठन गरिएको छ ।

सार्वजनिक लेखा समिति बैठकले लक डाउनको मौक छोपी वैज्ञानिक वन तथा व्यस्थापनको नाममा मेचीदेखी माहाकलीसम्म काँचो काँचो रूखहरू काटेर धमाधम वनफडानी भईरहेको उजुरी परेकाले छानविन गर्न सो अध्ययन समिति गठन गरिएको समितिका संयोजक सांसद यादवले जानकारी दिए ।

Back to top