×

वीरगञ्ज ५ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आज यहाँबाट प्रशारण हुने एफ एमका संचालकहरुसंग नपाले आगामी प्रस्तुत गर्ने नीति, बजेट तथा कार्यक्रममा एफएमहरुलाई कसरी सहयोग गर्ने र नपाले सहाकार्य गर्ने भन्ने बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।

उहाँले सो अवसरमा सूचनकाको भरपर्दो माध्यम रेडियोलाई नपाले कुन कुन मापदण्डमा सहयोग गर्ने र रेडियोले नपाको कुन कुन क्षेत्रमा सहकार्य गर्नसक्छ भन्ने बिषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उहाँले बिज्ञापन हरृेृक दिन उपलब्ध गराउृने योजना बनाएको र त्यसको सम्बोधन आगामी परिषदमा गर्ने धारणा राख्नुभएको थियो ।

Back to top