×

पोखरा ४ असार । मनाङसहित गण्डकी प्रदेशमा चार जिल्लामा थप ४२ जनामात्रंकोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी पूर्वका १८, तनहुँका १२, गोरखाका ११, मनाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा नवलपरासी पूर्वको मध्यविन्दू नगरपालिकाका १९ देखि ३९ वर्ष समुहका १७ जना पुरुष रहेका छन् । यस्तै गैडाकोट नगरपालिकाका एक जना पुरुष छन् ।

तनहुँमा थपिएका संक्रमितहरुमध्ये ऋषिङ गाउँपालिकाका ७ पुरुष, भानु नगरपालिका ४ पुरुष र शुक्लागण्डकी नगरपालिकाका एक जना पुरुष रहेका छन् ।

गोरखामा थपिएका संक्रमितमध्ये पालुङटार नगरपालिकाका ६ पुरुष र एक महिला छन् भने शहिदलखन गाउँपलिकाका ४ जना छन् ।

नवलपरासी पूर्व, तनहुँ र गोरखाका संक्रमित सबैजना भारतबाट आएका हुन् । मनाङका संक्रमित भने कपिलवस्तुबाट गएको खुलेको छ ।

बिहीबार एकाबिहानै ४२ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

Back to top