नेपालमा एकैदिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो

382


काठमाडौं ४ असार । नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार ८४८ पुगेको जानकारी दिएका हुन् ।



डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here