×

काठमाडौं ४ असार । असार अन्तिमसम्म सङ्क्रमितको संख्या ४० हजार पुग्ने सरकारले नै आकलन गरेको छ । अहिले बढीरहेको संख्या र क्वारेन्टाइनमा देखिएको अवस्थालाई हरेर सरकारले आकलन गरेको हो । स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको हो । मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको छ ।

४० हजार सङ्क्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजार सङ्क्रमितमा कुनै लक्षण र असर नदेखिने भन्दै उनीहरूलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमै राखिने उल्लेख छ । त्यस्तै, संक्रमितको १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल केयर र आइसोलेसन बेड चाहिन सक्ने अनुमान गरिएको छ । ५ प्रतिशत अर्थात् दुई हजारलाई भेन्टिलेटरसहितको सेवा चाहिने आकलन गरेको छ ।

देशभरका क्वारेन्टाईनमा एक लाख २५ हजार ७ सय ९८ मानिस छन् । एकातिर अव्यवस्थित क्वारेन्टाईन् अर्कातिर कोरोना परीक्षणको नतिजा आउनमा ढिलाई, क्वारेन्टाईनमा बसिरहेकाहरु पट्यार लाग्दो समय काटिरहेका छन् ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने व्यक्तिहरूमध्ये सङ्क्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ । त्यस्तै, स्थलगत नाकाबाट आउने संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

Back to top