×

वीरगञ्ज ३१ जेठ । वीरगञ्जमा शनिबार सरकारको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको आव्हान गरेर जनतालाई घरमा थुनेर राखेर विभिन्न तहका सरकारले जन हितमा काम गर्न नसकेको भन्दै भिन्न भिन्न समूहले वीरगञ्जमा शनिबार प्रदर्शनका कार्यक्रम गरेका छुन ।

‘सरकारको असक्षमता’ नारा दिदै वीरगञ्जका युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सचेत युवाहरुको समूहले कोरोना संक्रमणको बेला मुलुकमा भइरहेको भ्रष्टाचार, लकडाउनको नाममा जनतालाई घरमा थुनी जबरजस्ती कर लाद्ने कार्यको विरोधमा युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

Back to top