×

वीरगञ्ज ३१ जेठ । बिश्व रक्तदान दिवसको अवसरमा युवा वचन संस्थाले आज वीरगंजमा रक्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा भएको कार्यक्रममा २ जना महिला सहित १ सय २५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले उद्घाटन गर्नुभएको कार्यक्रममा धनेश्वर यादव, बिक्की साह तेलि, सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह, शेखर अग्रवाल, गुडु सरार्फ, उमेश गुप्ता लगायतले रक्तदान गरेको पाण्डेले जानकारी गराए ।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, वीरगञ्ज पब्लिक कालेजका निर्देशक प्राध्यापक डा. दिपक शाक्य, युवा नेता ओमप्रकाश सरार्फ, भोलेन्टिर समुह वीरगञ्जका संयोजक राजन श्रीवास्तव, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित लगायतको सहभागिता रहेको थियो ।

Back to top